पर्वतको मोदी गाउँ पालिका तिलाहारमा खानेपानी आयोजना अलपत्र
काठमाडौं । पर्वतको मोदी गाउँपालिका ६ तिलाहारमा खानेपानी आयोजना अलपत्र परेको छ । नियमीत बजेटको अभावमा २०६५ सालमा शुरु भएको सोप्रे तिलाहार खानेपानी आयायेजना अलपत्र परेको हो । एक घर एक धारा अन्तर्गत निर्माण थालीएको योजना घर घरमा धारा निर्माण भए पनि पानी नआएको हो । अहीले स्थानीयहरुले दुई वर्ष अघि आँगनमा बनेका धारा हेरेर बसीरहेका हुन । घरघरमा धारा बन्दा हौसीएका स्थानीय खानेपानी नआएपनि अहीले चिन्तीत छन । एक सय ५५ घर परवारलाई एकघर एक धारा अन्तर्गत पानी पु¥याउने उदेश्यले सञ्चालनमा आएको बहुवर्षिय योजना सम्पन्न नहुँदै बजेट अभावले अलपत्र परेको हो । वडा अध्यक्ष दिपेन्द्र जङ लामीछानेले आवश्यक बजेटको अभावले नागरीकलाई पानी वितरण गर्न नसकेको बताए । मुहानबाट ४ किमी पाईप लाईन विछाउने काम भएपनि स्थानीयका धारासम्म विछाउने पाईप खरीदका लागि बजट नभएको समीतीले जनाएको छ । विगतमा काम भएको ७० लाख बकौता तिर्न नसक्दा अहीले खानेपानी आयोजना नै अलपत्र परेको हो ।
डिभिजन खानेपानी तथा सरसफाई कार्यलय वाग्लुङबाट एक करोड ५० लाख बजेटको स्टमेट भई कार्यान्वय भएको आयोजना कामको मुल्याङ्कन अनुसार बजेट प्राप्त नहुँदा स्थानीयका घर घरमा धारा निर्माण गरीएको वर्षौँ हुँदा पनि पानी जडान हुन सकेको छैन ।
प्रतिक्रिया