मनसुन छिटो भित्रिने संकेत, एक हप्ता अघि नै मनसुनी बर्षाको सम्भावना
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam-barsa-paani-pareko-pani-megh-garjan_8MlDVjMXC3_dsmxmuvrrhfypuex6ax4hqxbx3htktw5s1wetn5qdovq4yyzakxpnppjfe0k_UZCkCzNaQZ_4iwuamfd5z4zne8cz6jw7kyspo5wd9rnsivlflqnnwvmc6dg5bqbkvikiruv_dqeEcEnuCt_zhtq2eu1zkryqzdqr7ncb4puu7e2vgfmb2gjh0m6arl5m5c9hqbvo35ansha.jpeg)
यसवर्ष नेपालमा मनसुन छिटो भित्रिने भएको छ । भारतमा औसतभन्दा अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि छिटो भित्रिने संकेत देखिएको हो । नेपालमा सामान्यतया जुन ते¥हमा मनसुन भित्रिने गर्दछ । यसवर्षको मनसुन औसतभन्दा दुई दिन अगाडि भारतको केरलामा र छ दिन अगाडि भारतको आसाम, मेघालयसम्म पुगेको छ । यो वर्ष करिब एक हप्ताअघि नै मनसुन भारतको आसाम भित्रिएकाले नेपालमा पनि एक हप्ताअघि नै मनसुन भित्रिने सम्भावना देखिएको हो । मनसुन भित्रिन कम्तिमा एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्ने देखिएको छ । भारतमा मनसुन भित्रिएको एक हप्तादेखि दश दिनसम्ममा नेपाल भित्रिने गर्छ । भारतमा हिजो मनसुन भित्रिसकेकाले अबको एक हप्तादेखि दश दिनभित्र नेपालमा पनि मनसुन भित्रिने सम्भावना रहेको हो।
प्रतिक्रिया