सामान्य अवस्थामा सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैन: रक्षामन्त्री

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताएका छन । आज प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री उप्रेतीले अन्तर्राष्ट्रिय प्रचलन अनुसार सामान्य अवस्थामा सीमा सुरक्षाको लागि नेपाली सेना सीमामा बस्न नमिल्ने बताएका हुन । मन्त्री उप्रेतेली हाल सेनाले दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गरिरहेको जानकारी दिए । 
मन्त्री उप्रेतीले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्न सक्ने भन्दै त्यस्तो परिस्थिति आएमा सेना तयार रहेको बताए । राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक तर्जुमा भइ प्रक्रियामा अगाडी बढाइएको पनि जानकारी दिए । नयाँ पिढीमा राष्ट्रभाव कमजोर भइरहेको भन्दै राष्ट्रभाव जागृत गराउन राष्ट्रिय सेवा दललाई प्राथमिकतामा राखेको मन्त्री उप्रेतीको भनाइ छ । 
 

प्रतिक्रिया