टी ट्वान्टी आईमा सन्दीपको  एक सय विकेटको कीर्तिमान

नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी २० आईमा एक सय विकेट पूरा गरेका छन् । सोमबार विश्वकप टी २० प्रतियोगिताको बंगलादेशसँगको खेलमा उनले दुई विकेट लिएसँगै १०० विकेटको कीर्तिमान बनाएका हुन । सन्दीपले ५४ औं खेलमा  एक सय विकेट पूरा गरेका हुन् । सोमबार उनले बंगलादेशका जाकिर अली र तान्जिम हसन सकिबको विकेट लिए । सन्दीप सबैभन्दा छिटो १०० विकेट लिने विश्वका दोस्रो खेलाडी हुन् । अफगानिस्तानका रासिद खानले ५३ खेलमा १ सय विकेट लिएका थिए । लामिछानेले एकदिवसीय क्रिकेटमा भने गत वर्ष एक सय विकेट लिँदै कीर्तिमान रचिसकेका छन् ।  जारी विश्वकप अन्तर्गत भिसा नपाएका कारण लामिछानेले अमेरिकामा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा सहभागिता जनाउन पाएका थिएनन । बलात्कार मुद्दामा लामिछानेलाई अदालतले दोषी ठहर गरेपछि उनी राष्ट्रिय टोलीबाट निलम्बित भएका थिए । तर पाटन उच्च अदालतले जेठ २ गते सफाइ दिएपछि उनको निलम्बर फुकुवा भएको थियो ।। 
 

प्रतिक्रिया