सहकारी प्रकरणमा छानबिन गर्न गठित समितिको बैठक बस्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/samiti-e1717727688539_IRSM1BO2hE_k7tfuvd3ooslxrpowq3l9ko1d8fj0cajfxbdrmh9u48nhu8s66dcfnymh4pa_lr0qERUHpi_d5qxbbcckd7phtrzgpelxvus2x4ctwlmelulwrokhngziaqzyrhy25onvmu6.jpeg)
सहकारी संस्थाको बचत रकम दुरुपयोगको छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक आज बस्दैछ । अपराह्न ३ बजे सिंहदरबारमा बस्ने बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुनेछ । बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो । सहकारीमा देखिएको हिनामिनाबारे छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिलाई समस्याग्रस्त २० र अन्य ९ गरी २९ वटा सहकारीको रकम अपचलनबारे छानबिन गर्न स्पष्ट कार्यादेश तोकिएको छ । तर समितिमा रहेका सत्तारुढ दलका सदस्यहरु अन्य सहकारीमाथि पनि प्रश्न उठेमा छानबिन गर्न सकिने बताउन थालेका छन् । संसद्ले नै दिएको चारबुँदे कार्यादेश र २९ वटा सहकारीबारे केन्द्रित भएर छानबिन टुंगोमा पु¥याउनुपर्ने कांग्रेसको भनाइ छ ।
सहकारीका समस्या छानबिन गर्न २०४७ सालदेखि अहिलेसम्म आठवटा समिति गठन भइसकेका छन् । यीमध्ये सातवटा समितिले छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाइसकेका छन् । तर ती प्रतिवेदन कार्यान्वयन भएका छैनन् ।
प्रतिक्रिया