बजेट अर्थमन्त्रीले जे लेखे पनि हुन्छ भन्ने मानसिकतावाट आयो: गगन थापा

आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा सांसदहरुले धारणा राख्ने क्रम सकिएको छ । अन्तिम दिनको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०८१/८२ का लागि संसदमा पेश गरेको बजेट वास्तविक धरातलमा नआएको जिकिर गरे । सांसद थापाले अर्थमन्त्रीले बजेटमा जे लेखे पनि हुन्छ भन्ने मानसिकता बोकेर आएको टिप्पणी गरेका हुन । 
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प,कार्यक्रम, समझदारी,नीति सिद्धान्त र बजेटबीच तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे  । 
नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले घाटामा प्रश्तुत गर्ने बजेटले देशको विकास र समृद्धि  हुन नसक्ने बताए । घाटा अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने उनको भनाइ छ । 
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताए । 
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले १० वर्षअघिको जस्तै बजेट ल्याएको टिप्पणी गरे । उनले बजेटलाई कमाऔँ खाऔँ र बाहुबली बजेटको संज्ञा दिए । 
अर्थ मन्त्रालयको नेतृत्वमा बस्नेले कमाइ खाने गरी आएकाले बजेटलाई कमाऔँ खाऔँ बजेट भन्नुपर्ने सांसद सिंहको टिप्पणी छ ।

प्रतिक्रिया