नेपालीहरूकै लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाउन विश्वप्रकाशको प्रस्ताव

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुकै लगानीमा बन्नुपर्ने प्रश्ताव गरेका छन । आज प्रतिनिधि सभामा उर्जा मन्त्रालयको बजेटसम्बन्धी छलफलमा भाग लिदै उनले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने बताएका हुन । महामन्त्री शर्माले नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेघावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाई गर्न नहुने बताए ।
महामन्त्री शर्माले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरु अघि बढ्न नहुने स्पष्ट पारे ।

प्रतिक्रिया