चप्पल, हाफ पाइन्ट लगाएका जनतालाई संसद र सिंहदरबारमा किन रोकियो? सांसद न्यौपाने
नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसद् र सिंहदरबारमा सबैलाई समान व्यवहार हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले सांसद र जनतालाई संसद् भवन र सिंहदरबारमा फरक व्यवहार भएको बताइन् । ‘दूर दराजका जनताहरू काठमाडौँ आउन पनि गाह्रो हुन्छ । काठमाडौँ आएका जनताहरू संसद् भवन हेर्न चाहन्छन् । संसद् भवनमा आएर माथि (बालकुनी) जान लाग्दा रोकिन्छ । कारण के रहेछ भनेर मैले साध्दा ‘खुट्टामा चप्पल लगाएका छन् । त्यसैले रोकियो’ । माथि जान पाइँदैन भनिन्छ,’ उनी भन्छिन् ।
सांसदलाई चप्पल लगाएर संसद्को बैठकमा सहभागी हुन छुट भएपनि जनतालाई चप्पल लगाएको भन्दै कालकुनीमा रोक्नु राम्रो नभएको उनको भनाइ थियो । ‘सरकारको नियम होला भनेर म मौन बसे । मैले संसदमा पुरुष माननीयको खुट्टामा हेर्दा चप्पल देखेँ । हामीलाई सबै छुट । जनतालाई बन्देज । नियम बनाउने हामी माननीयले जस्तो लगाएर आएपनि भयो । बिचारा जनताहरू चप्पल लगाएर संसद्को बालकुनीमा जान नापाउने ? सिंहदबारमा हाफ पाइन्ट लगाएर छिर्न नपाउने ?,’ उनको प्रश्न छ ।
सांसद न्यौपानले आफू चढेको मोटरसाइकलको चालकले हाफ पाइन्ट लगाएको भन्दै सिंहदरबारमा रोकेको विषयमा पनि प्रश्न उठाएकी छन् । ‘अस्ति एउटा घटना खट्यो । म सिंहदरबारमा एउटा भाइको बाइक लिएर जाँदै थिएँ । मैले मेरो आइडी पनि देखाएँ । भित्र गएँ । तर प्रहरी दगुरीकन मेरो पछाडि आयो । मैले बाइक रोक्न लगाएँ,’ उनले भनिन् ।
सिंहदरबारमा हाफ पाइन्ट लगाएको मान्छेलाई प्रवेश गर्न नदिनुको कारणबारे सरकारको जवाफ चाहिएको न्यौपानेले बताइन् । ‘पछि मैले सोधे किन यसरी दगुरिराख्नु भएको छ ? प्रहरीले माननीयजी तपाईँलाई रोकेको होइन त्यो भाइ (बाइक चालक)लाई रोकेको हो । भाइलाई किन रोक्नु भयो भन्दा त्यो भाइले हाफ पाइन्ट लगाएको छ । जान सिंहदरबारभित्र पाउँदैन भन्ने जवाफ आयो । यसको कारण के हो सभामुखमार्फत सरकारको जवाफ चाहन्छ,’ उनी भन्छिन् ।
![जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान्छन् तुडेपानीका बालबालिका](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_dacBJo2lEl_xugjngotyxi3tvf6b6f9zomy12jssr6unf3vwvz0qjvefompgchgzajxhgy7_LZfgnRItEK_yztgvlpmkimwpge9zi8pcucmcnfiopjxmmkagwjmwqpzdqlfsnjfsjf1wvau.jpg)
जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान्छन् तुडेपानीका बालबालिका
प्रचण्ड लक्षित लेखकको कटाक्ष: अरूमा मात्रै दोष देख्ने समस्याले अगाडि बढ्न सकिदैन
प्रचण्डलाई योगेशको चेतावनी: जातजातिको नाममा फेरि आगो बाल्ने दुष्प्रयत्न नगर्नुह…
![नयाँ सत्ता गठबन्धन बनाउने कांग्रेस-एमालेबीच सहमति, ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_j7YkIQaP4k_igwtmfzr1rfp38fjdlvuboglpe6xgynqkixq9eloqzkzyftdzpdlrkcmjg4q_OeBzlcVtTk_yartcybsww1gdpgsdatcgvgajnz2i4jeui22bswkw4dmu9dgbsrhg8fdhx4g.jpg)
नयाँ सत्ता गठबन्धन बनाउने कांग्रेस-एमालेबीच सहमति, ओली र देउवा आलोपालो प्रधा…
विकराल लागु औषध नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ : गृहमन्त्री लामिछ…
![जादुगर हो भने जस्तो गरी उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ : गगन थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-kumar-thapa_PxUFQ93DYR_radx4peiyuia51qdvsohcdzgcm8kmzfqpsgssgb9edaz2f6ygunc0vzccgfz_KmkLU8nnvi_hyvzrqahs2vu1pdfh4r0bjtcn9qaxc3oxmohtznoccvqom8ambunim2oqgyf_AbQZQMjEE6_svbgj8zizyvaimoc9fnrew3wscf4qbdue11g4kgobckkuzvtn0mdnx4kiipy_lsX6j1c4Ol_0y4f8bcy8fpq5yzkvfqaloria3tvjgy1rohhmltoektyfmxbpcmrqpf1susy.jpg)
जादुगर हो भने जस्तो गरी उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ : गगन थापा
![कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज](https://snowberry.prixacdn.net/media/gallery_folder/koshi_pradesh_20230607154312_tN0qhhaAZO_ojnfdvb15heg8kjphyrxeka98owbxmm75mztutiz4tr6587yvodkehywqldx_EyFXLozXfq_uxd7cvmd0x51olbx2puvs3sbn2pshruvz8deje9ty7c9euprl9fqmluqvqlh_yw2wujC38o_e0ogcy56unsrczodyuvohss3ju94vnhbld1gt3ymk5ish6eu8vb7knnb5buu_tEetHp4353_jsjejcin8cut68v5r9pkhykyd7jhhia8rjtgk6oj2pczkmkonxsuzuqvs6ps_irbRakuDEa_vylizgziimvkslokllwxelgatn9veyxkbrh2mlpkukovhvj3nmiarmwqhsyh_hYAn7PvBO3_fpgy5jsni35mdqaoxj0blcgwphbyqjfx9i8ozqfpxmvmv7uagnhn7lhu7dox.jpg)
प्रतिक्रिया