असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सार्वजनिक सूचना निकालेर यो अवधिभर सडक खन्न रोक लगाएको हो । वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाएको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको भनाई छ । वर्षायाममा धारा, ढल,  बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाएको कार्यालयको भनाइ छ । सडक पनि बिग्रदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गरिने बोर्डको भनाइ छ । 
 

प्रतिक्रिया