हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरका विभिन्न स्थान डुवानमा
काठमाडौ । शुक्रबार साँझदेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकको राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा रहेका छन् । चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेका बताइएको छ । बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको प्रशासनले जनाएको छ । कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने प्रशासनको भनाइ छ । हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेको छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया