मोदीले आज तेस्रोपटक प्रधानमन्त्रीको शपथग्रहण गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल आज छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथग्रहणमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन । आज साँझ आयोजना हुने शपथग्रहण समारोहमा सहभागी भएपछि उनले भारतका प्रधानमन्त्री मोदीसँग छुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । भारतका प्रधानमन्त्री मोदीको यो तेस्रो कार्यकालको शपथग्रहण हो । भारतमा तेस्रो पटक प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रधानमन्त्री दाहालले टेलिफोनमार्फत मोदीलाई बधाई दिएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालको साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, सरकारका उच्चअधिकारी र उनकी सुपुत्री गङ्गा दाहाल भ्रमणमा जानेछिन । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ । मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री दाहालसँगै श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ लगायतलाई पनि निमन्त्रणा गरिएको छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया