क्रिकेट संघमा अनियमितता भएको एमालेको आरोप, छानविन आयोग गठन गर्न माग
नेपाल क्रिकेट संघ क्यानमा अनियमितता भएको भन्दै छानबिन आयोग गठन गर्नुपर्ने माग उठेको छ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले आज प्रतिनिधि सभाको आकस्मिक समयमा आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गरेका छन । उनले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानविन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन ।
सांसद आचार्यले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताए । अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको उनको भनाइ छ ।
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया