३०० जनाभन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/arrested-criminal-hand-in-police-suspect-handcuff-concept-in-cartoon-illustration-isolated-in-white-background-vector_zTHuebaxo9_cwchovbysxkl7sot3zpkmd0sa5wobjk4vhlp6s8qwaexre6q4mqweiqv0gk7_4WomR7CHYI_wng5zomy6emckuuxvrp2o9ofyqvy5bcevfsqmvlfvbjkiqxenygvx0wnkygz_XCsnmJbOov_uayi0cjihipdacrmql83gn3uufxjtyirs6taqccfzbitrai6jqpsamoke0mg_vtA6tRkeUj_vwyf1fcdtttl4jmkxduv6qisice4unenqknw35k6nlhbar9iulv92xvdbnty_2jmI0S0cQs_yes8gfjcxhdr6ogt4ry6vxokppizylyza1fz55ckxkte285jmznxuccb0rai_pfOwaZdSxI_xyxgthrkwge2wbcc6phnp17zipbkclr7odbtjd6blrqmcuxzg9sms07qc7ld_Va3xHDchGR_uuvf3lbkb7ioxtjus94kpwulfb8bfuojfenlrom85slhf2jffyoq2a3sxou2.jpg)
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन् ।
पक्राउ परेकाहरुले विगत ३र४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया