चिकित्सक नहुंदा मेची अस्पतालको उपचार सेवा प्रभावित
निशुल्क औषधि पनि नपाएको सेवाग्राहीको गुनासो
दरबन्दी अनुसारका चिकित्सक नहुंदा भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालले बिरामीलाई अपेक्षाकृत सेवा दिन सकिरहेको छैन । जनसहभागिताको आधारमा २०३४ साल पूस १८ गतेदेखि सञ्चालन शुरु भएको मेची अञ्चल अस्पताल पूर्वी नेपालको पुरानो र जनसहभागिताको नमूना सरकारी स्वास्थ्य प्रतिष्ठान हो । तर जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनको अभाव झेलिरहेको अस्पताल आफै बिरामी अवस्थामा छ । स्थापनाको ४७ वर्ष बितिसक्दापनि तोकिएको दरबन्दी अनुसारका बिभिन्न रोग सम्बन्धीका डाक्टर,ल्याब टेक्निसियन लगायतका कर्मचारी अस्पतालमा छैनन् ।
यस अस्पतालमा झापा सहित पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलाम सहितका दैनिक ४–५ सयको हाराहारीमा बिरामी समेत उपचारकालागि आउँछन् । स्वास्थ्य बिमाका काराण बिरामीको चाप बढेपनि औषधि उपलब्ध नगराएको गुनासो विरामीको छ।
स्थापना कालमा ५० शैयाको यस अस्पतालमा १सय ३ जनाको दरबन्दी थियो । अहिले अस्पतालमा १ सय ३४ शैया भएको छ । तर, डाक्टर र कर्मचारीको दरबन्दी २०३३ सालकै छ, त्यो पनि आजसम्म कहिल्यै पूर्ति भएको छैन।
प्रतिक्रिया