अन्योलताका बीच सन्तुलित र संयमित बजेट आयो: अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्दै उनले सन्तुलित र संयमित बजेट आएको बताए। प्रस्ताव पेस गर्दै उनले निकै अन्योलताका बीचमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको जानकारी दिए ।
उनले सांसदहरूको सल्लाह र पृष्ठपोषणका आधारमा बजेट ल्याइएको उल्लेख गर्दै सरोकार भएका सबै निकाय र क्षेत्रको समेत सुझाव लिइएको जानकारी दिए ।
अर्थतन्त्र पूर्ण रूपमा गतिशील अवस्थामा आईनसकेकाले जिम्मेवारीपूर्वक निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको, युवामा रहेको निराशालाई चिरेर अगाडि बढ्नुपर्ने अवस्थालाई ख्याल गरिएको अर्थमन्त्री पुनले बताए ।
मुद्रास्फीति न्यून विन्दुमा रहेको तथ्य पेस गर्दै हरेक घरको भान्सामा पर्ने मूल्यवृद्धिको चापलाई नियन्त्रण गर्ने गरी प्रयास गरिएको उनको भनाइ छ ।
सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले स्वागत गरेको उनले बताए।
प्रतिक्रिया