सरकारले भन्यो- समीकरण फेरबदल हुँदा राजदूत फिर्ता बोलाउने परम्पराकै निरन्तरता
सरकारले सत्ता समीकरण फेरिएपछि राजदूतहरू फिर्ता बोलाउने विगतको परम्पराकै निरन्तरता भएको बताएको छ । सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समीकरण फेरिदा राजदूतहरू फिर्ता गर्ने सरकारले यो पहिलो पटक नगरेको बताइन् ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले समीकरण फेरिएपछि राजदूत फिर्ता बोलाउने विषय प्रचलन भइसकेको प्रस्ट्याइन् ।
उनले भनिन्, ‘११ देशका राजदूत फिर्ता बोलाउने निर्णय र प्रधानमन्त्री भारत जाने विषय जोडिएको छैन। विगतमा पनि कतिपय समीकरण फेरिदा प्रचलनकै रूपमा राजदूतहरू फिर्ता बोलाउने कुरा स्थापित भया यो ठिक बेठिक के हो भनेर समीक्षाको विषय हुनसक्छ। तर प्रचलनकै रूपमा स्थापित भएको विषय हो यो ।’
उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा राजदूत फिर्ता भएकाले उल्लेख गर्दै के प्रभाव हुन्छ भन्ने विषय छलफल गर्ने विषय भएको बताइन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेसका कोटामा राजदूत बनेका ११ जनालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।प्रवक्ता शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने विषयमा ११ देशको राजदूत फिर्ता बोलाउने निर्णय नजोडिएको बताइन्।
प्रतिक्रिया