इजरायलद्वारा रफाहमा दर्जनौं घर जलाएर ध्वस्त, कम्तिमा अठ्ठाईस प्यालेस्टिनीको मृत्यु

 

इजरायली सेनाले गाजाको दक्षिणी भागमा रहेको रफाहमा दर्जनौं घरहरू जलाएर र ध्वस्त पारेको छ । हमास लडाकुको आक्रमणमा आठ इजरायली सैनिकहरू मारिएपछि इजरायलले जवाफी कारवाही गरेको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रफाहमा सैनिकहरूलाई मार्ने हमास आक्रमणले अर्को भारी मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । गाजा सहरको उत्तरमा, तीनवटा घरहरूमा इजरायली बमबारीमा कम्तिमा २८ प्यालेस्टिनी मारिएको बताइएको छ । युद्धका कारण गाजाका पचास हजार बालबालिकालाई कूपोषणको शिकार भएको राष्ट्रसंघले जनाएको छ । अक्टोबर ७ देखि गाजामा इजरायलको युद्धमा कम्तिमा ३७ हजार २ सय ९६ मानिस मारिएका छन् भने ८५ हजार १ सय ९७ मानिस घाइते छन् । हमासको आक्रमणबाट इजरायलमा १ हजार १ सय ३९ जनाको मृत्युको भएको छ ।।

प्रतिक्रिया