शेयर बजार नेप्सेमा दोहोरो अंकले गिरावट

साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ०४ अंकले घटेर २ हजार ९५ दशमलव २५ विन्दुमा झरेको हो । आज ३ सय १७ वटा कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर ५ अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३० करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड १९ लाख, ज्ञादी ग्रुपको १५ करोड २५ लाख, सीइडीबी हाइड्रोपावरको १३ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।आज १ सय ७७ कम्पनीको सेयरमूल्य घटेको छ  भने ६४ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।। 

प्रतिक्रिया