प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट
सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको घोषणा गरिएको सरकारले जनाएको छ ।
महिला शिक्षा तथा रोजगारी, सिप विकास कार्यक्रमका लागि उक्त बजेट खर्च गरिने सरकारले जनाएको छ ।मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने बताए ।
प्रतिक्रिया