क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

काठमाडौ । क्यानडा कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टीसुटआउटमा ४–३ ले पराजित गर्दै पहिलो पटक कोपा खेलिरहेको क्यानडाले अन्तिम चारको यात्रा तय गरेको हो । अब सेमिफाइनलमा क्यानडाले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ । सुरुआती पाँच पेनाल्टी प्रहार गर्दा दुवै टिमले ३–३ गोल गरेका थिए । भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुके । त्यसपछि क्यानडाका लागि अन्तिम पेनाल्टी प्रहार गरेका स्माएल कोनेल गोल गर्दै जित दिलाए । त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो । १४औं मिनेटमा ज्याकोब साफेलबर्गले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । तर भेनेजुएलाका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए  । कोपा बाँकी क्याटरफाइनलमा आइतबार बिहान कोलम्बिया र पानामा तथा उरुग्वे र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया