सहकारी ठगहरुलाई कारबाही नगरे लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताएकी छन् । । आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले सहकारी ठगहरुलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताएका हुन् । उनले छानविनका लागि बनाएको संसदीय समितिले पनि दोषिलाई उम्काउने देखिएको भन्दै दुधको दुध पानीको पानी हुनेगरी छानविन गर्नुपर्ने बताए ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद दामोदर पौडेल बैरागीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरे । उनले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गरेपनि सो अनुसारको बजेटको व्यवस्था नभएको बताए ।
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरुको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताए
उनले यतिका दिन संसद बन्द हुँदा जनसरोकारका विषयहरुमा आफूहरुले बोल्न नपाएको बताए ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया