युरोप भ्रमणका क्रममा राष्ट्रपति पौडेल जेनेभाबाट बर्लिनमा

राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । पौडेल समकक्षी डा. फ्र्यांक वाल्टर स्टिनमेयरको मैत्रिपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्र मामिला कार्यालयका वरिष्ठ अधिकारीले  स्वागत गरेका छन । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको दूतावासले जनाएको छ ।  २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल  र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया