कुर्मी हत्या पीडितले राजधानीमा आन्दोलन गर्ने
निर्मला कुर्मी हत्याको विषयमा सरकारबीच ३ पटकसम्म भएको सहमती कार्यान्वयन नभएको भन्दै पीडित पक्षले राजधानी काठमाडौँमै गएर आन्दोलन गर्ने भएको छ । छैठौ दिनसम्म जिल्ला प्रशासन कार्यालय बाँकेमा न्यायका लागी धर्ना दिए पनि माग सुुनुवाइ नभएपछि आन्दोलनका लागि पिडित पक्ष राजधानी काठमाडौँ लागेको छ । दोषिलाई कार्वाही गर्न नसकेकै कारण पिडित पक्षको न्यायका लागि जेल भरौं अभियानका साथ काठमाण्डौको यात्रा थालिएको महिला अधिकार मञ्ज बाँकेकी अधिकार कर्मी रुवी खानले बताइन् । । अधिकारकर्मी खानको नेतृत्वमा पिडित पक्षका सहित १५ जनाको टोली नेपालगंजबाट काठमाडौँ लागेको छ।
प्रतिक्रिया