सेनामा फेल भएकालाई काठमाडौँ नगर प्रहरीमा जागिर खुल्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Kathmandu%25252520Plaza_fwQwbHuhgK_xreobo0el2bfinhfaquin61qrramkaixajpfznj7kriplrtvs8fnafk1pwmq_FgQ3sy8rYC_l1m7yqwusremskjyggavxtlytrxrofjsdyodnyhyw0jninnwm9esb98rrvmf_g93OM2kMiC_oagxwodggxefzggpwasoxeu9awzwfvvzmat4hmbybynssuutrypbxedprc6k_AS8XDT54TX_l3krvjiykil7scivrbzm4oji4nn0qtzsdvnjpsbahgzmtmkfpprf1dffjyhp.jpg)
काठमाडौँ महानगरपालिकाले नेपाली सेनामा जाँच दिएर फेल भएकालाई नगर प्रहरीमा भर्ना गर्ने भएको छ ।
महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा परेकालाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त माग गरेको हो ।
नेपाली सेनाको वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया