नगरसभामा राजनीतिक पार्टीको धङधङी बोकेर नआउन मेयर शाहको आग्रह

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोखेका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि प्रमुख शाह आक्रोशित भएका हुन् । उनले सामाजिक सञ्जालमा तीन जना नेताले गर्दा  एक सय ६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गरेका हुन । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने बताउँदै उनले जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने समेत प्रमुख शाहको भनाइ छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम महानगरले नगर्ने पनि उनको भनाइ छ । प्रमुख साहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर एमाले र कांग्रेसका सांसदहरुले बैठक बहिस्कार गरेर हिँडेपछि १५ औं नगरसभाका दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ ।उनले काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन पनि आग्रह गरेका छन् । 

 

प्रतिक्रिया