जनअपेक्षा अनुसार काम गरेमात्रै संघीयता बलियो हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरी दिएर मात्र संघीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल उनले ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्चले संसद्को भूमिका प्रभावकारी बनाउन सघाउ गरेको बताएका हुन । सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिने र अधिकतम सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता छ । छलफलका क्रममा प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने दोहो¥याए । संघीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोसिस गरेको गुनासो पनि उनको छ । प्रधानमन्त्रीले संघीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पु¥याउन आफूले पहल गरिरहेको जानकारी उनले दिए ।
प्रतिक्रिया