BREAKING:
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुमा समस्या आएपछि अस्पताल भर्ना टी ट्वान्टी अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि नेपालको रोमाञ्चक जित भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान, ५८ सीटका लागि प्रतिष्पर्धा बजेटमा स्रोतबिहीन योजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छः अध्यक्ष सिंह स्वतन्त्र प्रेस विना स्वतन्त्र न्यायपालिका परिकल्पना गर्न नसकिने प्रधानन्याधीशको श्रेष्ठको भनाइ संसदको गरिमा र ओझ खस्कँदै गएको पूर्वसभामुख सापकोटाको भनाइ सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति प्रहरीले कुशलतापूर्वक राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ: प्रधानमन्त्री राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभामा जाने फेरी कोभिड नाइन्टिनको नयाँ भेरियन्ट देखियो संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउन सभामुखको आग्रह सरकारले देशको आर्थिक विकासमा जोड दिन नसकेको बाबुरामको गुनासो बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ: अध्यक्ष साह सहकारी पीडितको अनिश्चितकालीन अनसन र धर्ना सुरु गृहमन्त्रीको नाम उल्लेख नगर्ने गरी कार्यदलमा नयाँ प्रस्ताव प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना मिटरब्याज पीडितहरुलाई २१ दिन भित्र उजुरी गर्न जाँचबुझ आयोगको आह्वान घोषणा गरेको कार्यक्रम कार्यान्वयनको सुरसारै नगरेको भन्दै बालेनले सम्झाए सङ्घीय सरकारलाई राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितलनिवासमा भेटवार्ता संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदल आजपनि छलफलमा सिरोहियालाई आज अदालत उपस्थित गराइदै,  बुँदे प्रष्टिकरण सार्वजनिक अन्तर्राष्ट्रिय न्यायालयले आज इजरायलविरुद्धको मुद्दामा फैसला सुनाउदै गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग विद्यार्थी चढेको जीप मुगुमा दुर्घटना, ११ जना घाइते बुद्धजयन्तीका अबसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड सप्तरीको महदेवा चिम्टीमा मंगलबार साँझ आगलागी हुँदा एक सय दश घर जलेर नष्ट उपनिर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेता इलाममा केन्द्रित लुम्बिनी प्रदेशका बा¥ह जिल्लाका चार सय बढी स्थानमा डढेलो

बैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी मनाईदै

काठमाडौ । बैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।  आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ ।अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो ।त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ । यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने विश्वास गरिन्छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो । गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ । पर्वमा ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आफू र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्बत खाएर यो पर्व समापन गरिने परम्परा छ ।भगवान शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने मान्यता छ ।

प्रतिक्रिया