मनसुन पूर्वी भुभाग हुँदै नेपाल भित्रियो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rain_20230315104603_QSEdaZriS9_v9yqnowej9dvqbla2bwdi6iya5ogzakibbyzqnpyx1ketcutvylmjdi9udxg_vMk2F1DFkA_o6je24ecmuu3v8dgwuyovgs51j5zgwkzzpihbgz80fxbwazzzqu2wqdf2dd8_YnxwPnicG5_ovvei1wjhycf1bvdi5si3kynfcyndtsvgebmpygijgofrlitj0zvsrkf4bjm.jpg)
यो वर्षको मनसुन पूर्वी भुभाग हुँदै नेपाल प्रवेश गरेको छ । सरदर मितिभन्दा तीन दिन अगाडि नै सोमबारबाट मनसुन नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । अहिले कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन क्रमिक रूपमा देशका अन्य भेगमा फैलिँदै जाने बताइएको छ । कोसी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने विभागको अनुमान छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने भएपनि यो बर्ष तीन दिनअघि नै मनसुन भित्रिएको हो । यो बर्ष मनसुनमा सुदूरपश्चिम प्रदेशको उत्तर पश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोसी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको अनुमान छ । मनसुन अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत पानी पर्दछ । मनसुन अवधिमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्दछ ।
प्रतिक्रिया