दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ४३ जना घाइते

रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले बताए ।
घाइतेलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन् । अन्य २४ जनाको उपचार जारी छ ।
बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन ।
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया