सन्दीप लामिछानेले बंगलादेश र दक्षिण अफ्रिकासँगको टी ट्वान्टी विश्वकपमा सहभागिता जनाउने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeeplamichhane_1JwKYTz2s8_sd76x1gbcltg0rnzk6uiff2l7l1n1w6cppexvblvf2islbhfh27q86yowevr_j2Mmdxp6wo_8kjmtcsieqmht8ui2bzknuamv8k856iecsr1pq3cgnoizmvbhd5lomkvrxkx_FkkLgO3KiM_e7fs6ralh8gqy2vmu6jzp31mwlm4hvizkqiajex4b1c1fxutw7plsmgl5wy7.jpg)
जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ । आज समुह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा राति ८ः१५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो । यी दुवै देशबीच अहिलेसम्म कुल ८ टी–२० खेल भएका छन् र सबै खेल दक्षिण अफ्रिकाले जितेको छ । बंगलादेशले अहिलेसम्म टी–२० खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन ।
प्रतिक्रिया