कि काठमाडौँको हितमा काम गर्नूस् कि सिंहदरबार सार्नूस्: बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् । प्रमुख साहले सामाजिक सञ्जालमार्फत् नेताहरूलाई काठमाडौँको हितमा काम नगरे सिंहदरबार अरू पालिकामा सार्न भनेका छन्।काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् ।
प्रमुख बालेनले फेसबुकमा लेखेका छन्, ‘कि काठमाडौँको हितमा काम गर्नूहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नूहोस्। हामी काठमाडौँबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नूस कि राज्धानी सार्नूस्। हामीलाई हाम्रो सम्पदा, संकृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन।’
अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आपतकालीन अवस्थाको घोषणा, आँधीपछिको ब…
विश्वविद्यालयमा भर्नाको आरक्षण खारेज गर्न अमेरिकी अदालतको आदेश

साउदी अरेबियामा अहिलेसम्मकै विशाल हज यात्रा शुरु

प्रतिक्रिया