प्रतिनिधि सभामा आजपनि मन्त्रालयगत बजेटमा छलफल जारी

प्रतिनिधि सभा बैठक आजपनि विनियोजन विधेयक, २०८१ माथि छलफल जारी रहेका ेछ । आज विभिन्न तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने कार्यसूचि छ । उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरुले राय र खर्च कटौतीको प्रस्ताव राख्नेछन । प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । हिजोको बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । 
 

प्रतिक्रिया