मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंह नियुक्त

एमालेलाई चार मन्त्रालय दिदै भागबण्डामा पनि सहमति

मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंह नियुक्त भएका छन । गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै दाबी पेश गरेका सिंहलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन । मुख्यमन्त्री सिंहले आज नै शपथग्रहण गर्ने बताइएको छ । दलहरुबीच सहमति अनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ । नेकपा माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा एकीकृत समाजवादीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा तथा सिंचाई मन्त्रालय दिने सहमति भएको छ । जनमत पार्टीलाई वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ । १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानून र नगरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ । सिंहलाई ५५ जना सांसदले समर्थन गरेकाच छन । १०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्र का ९ र नेकपा एकीकृत समाजवादी का ७ सांसद छन् । त्यस्तै संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक/एक सांसदहरुले पनि सत्ता गठबन्धनलाई साथ दिएका छन् । 
 

प्रतिक्रिया