गोदावरी नगरपालिका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Akhtiyar-Durupayog-anusandhan-aayog-660x330_yhJokNnsF2_wnfpgt7nqqagrzyledfw8nninnhll6xkdz1zud7qdhclijny1b2hb5d3ker9_bICisppmEh_fsjtesojfz14ujss9zdytkrpx7rdn878nbivljy9wds5ogeztedf4y4tdvi1_2ywfcfgnbR_az5vtr5wyipkqooe7lmtvef63u4n4n40jzzkrv2aybj7e2z14gngmfpugv3w_yhDOLD33xm_mee4qz5vziamlyaqcq11pqblakrc3ih3mm7tllqf1ce7h77mqosprwhmt6b1.jpg)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी अख्तियारले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको हो ।नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ । राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा दाबी गरिएको छ । राजश्व हिनामिनामा बिगो र बिगोको दोब्बर जरिवाना तथा भ्रष्टाचार निवारण ऐन अनुसार कैद पनि गर्न माग गरिएको छ ।
प्रतिक्रिया