BREAKING:
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुमा समस्या आएपछि अस्पताल भर्ना टी ट्वान्टी अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि नेपालको रोमाञ्चक जित भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान, ५८ सीटका लागि प्रतिष्पर्धा बजेटमा स्रोतबिहीन योजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छः अध्यक्ष सिंह स्वतन्त्र प्रेस विना स्वतन्त्र न्यायपालिका परिकल्पना गर्न नसकिने प्रधानन्याधीशको श्रेष्ठको भनाइ संसदको गरिमा र ओझ खस्कँदै गएको पूर्वसभामुख सापकोटाको भनाइ सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति प्रहरीले कुशलतापूर्वक राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ: प्रधानमन्त्री राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभामा जाने फेरी कोभिड नाइन्टिनको नयाँ भेरियन्ट देखियो संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउन सभामुखको आग्रह सरकारले देशको आर्थिक विकासमा जोड दिन नसकेको बाबुरामको गुनासो बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ: अध्यक्ष साह सहकारी पीडितको अनिश्चितकालीन अनसन र धर्ना सुरु गृहमन्त्रीको नाम उल्लेख नगर्ने गरी कार्यदलमा नयाँ प्रस्ताव प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना मिटरब्याज पीडितहरुलाई २१ दिन भित्र उजुरी गर्न जाँचबुझ आयोगको आह्वान घोषणा गरेको कार्यक्रम कार्यान्वयनको सुरसारै नगरेको भन्दै बालेनले सम्झाए सङ्घीय सरकारलाई राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितलनिवासमा भेटवार्ता संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदल आजपनि छलफलमा सिरोहियालाई आज अदालत उपस्थित गराइदै,  बुँदे प्रष्टिकरण सार्वजनिक अन्तर्राष्ट्रिय न्यायालयले आज इजरायलविरुद्धको मुद्दामा फैसला सुनाउदै गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग विद्यार्थी चढेको जीप मुगुमा दुर्घटना, ११ जना घाइते बुद्धजयन्तीका अबसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड सप्तरीको महदेवा चिम्टीमा मंगलबार साँझ आगलागी हुँदा एक सय दश घर जलेर नष्ट उपनिर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेता इलाममा केन्द्रित लुम्बिनी प्रदेशका बा¥ह जिल्लाका चार सय बढी स्थानमा डढेलो

चैत शुक्ल पूर्णिमाको अबसरमा काठमाडौंको बालाजुमा बाइसधारा मेला

काठमाडौं । आज काठमाडौंको बालाजुमा बाइसधारा मेला धूमधामले लागेको छ । चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाइसधारा मेला लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ ।काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध आई बसेको मानिन्छ । आजको  दिनलाई नेवारहरू ल्हुति पुन्हिको रूपमा मनाउने गर्दछन् । यस पूर्णिमामा बालाजुको बाइसधारामा भक्तजनहरू स्नान गर्न जान्छन् । यसै दिन ‘मन्नादी’ देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गर्दा बढी फलिफाप हुने विश्वास रहिआएको छ । त्यस्तै, यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोग व्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् । नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गे धारा स्थापना गराएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठुलो ढुङ्गे धारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ ।

प्रतिक्रिया