हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्छ: ज्ञानेन्द्र शाही
![](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra-shahi_9o6nVuhd9j_BnB34s908b_51wlkavmd9nupzvlnl7k1e5gp675n2shusurlepdqhd2d60yxfkwav42cnpf_0cpb6HZRV7_epxikkyozomhslafyxlvzbkrqexckbrar1gmbn3hjrgj0jo4goliwe4qja7n.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका हुन् । उनले असारबाट आर्थिक वर्ष सुरु हुँदा असोजमा पैसा पुग्ने र कार्तिकदेखि नै हिउँका कारण काम गर्न नसक्ने अवस्था आउने गरेको बताए । उनले चैत मसान्तसम्म हिउँका कारण काम गर्न नसक्दा बाँकी रहेको दुई महिनामा मात्रै काम हुने गरेको र सबै पैसा फिर्ता हुने गरेको बताए । शाहीले हिमाली जिल्लाहरूको छुट्टै आर्थिक वर्ष बनाएमा मात्रै काम हुनसक्ने बताए ।
उनले सार्वजनिक पद धारण गरेकाहरूले अनिवार्य रूपमा नेपालमा उत्पादन गरेको कपडा लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्णाली राजमार्गको बजेट सरकारले अपचलन गरेमा आफू संसद् बैठकमा उभिने चेतावनी समेत दिए
प्रतिक्रिया