कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँः गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन । आज काठमाडौंमा नागरिकता र नागरिकता सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रियममा उनले सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरी छलफलबाट आएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान सकिने बताएका हुन । गृहमन्त्री लामिछानेले आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरीहरु सच्याउन जरुरी रहेको पनि औल्याए । 
मन्त्री लामिछानेले निकट भविष्यमा नै नागरिकता सम्बन्धी देखिएका समस्याहरुलाई सम्बोधन कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी भएको बताए । नागरिकले नागरिकता प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित गराउनु नहुने उनको भनाइ छ ।  नागरिकले प्राप्त गर्ने अधिकारमा राज्यको तर्फबाट कुनै बाधा हुनु नहुने पनि गृहमन्त्री लामिछानेले स्पष्ट पारे ।

प्रतिक्रिया