व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुँदै लुप्राङका किसान
पर्वतको जलजला गाउँपालिका–९ बनौ लुप्राङका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि बनौं लुप्राङले नाम समेत कमाएको छ । उत्तरतर्फ फर्किएका फाँटमा उत्पादन हुने यहाँको आलु स्वादिलो हुने भएकाले मुल्य पनि राम्रो पाउने गरेको छ
समूहमा आबद्ध भएका किसानले न्यूनतम एक लाखदेखि १० लाखसम्म आलु बिक्री गरेर आम्दानी गर्ने अपेक्षा राखेका छन ।अहिले आलु खन्ने र थन्क्याउने बेला भएकाले केही समयमा आलु उत्पादनको यकिन तथ्यांक आउने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
विगतमा एक रोपनी क्षेत्रफलबाट कम्तीमा पाँच मुरी आलु उत्पादन हुने गरेकामा अहिले दोब्बर उत्पादन हुन थालेको छ । लुप्राङको बनौ गाउँमा मात्र चार सय रोपनी क्षेत्रफलमा आलु उत्पादन हुने गरेको छ । बनौमा रहेका दुई आलु उत्पादक समूहमा आबद्ध ७३ किसानले सामूहिकरुपमा आलु उत्पादन गरिरहेका छन ।
कृषि कर्ममा रमाउँदै दाङका महिला
जलवायु परिवर्तनको असर सुन्तलाखेतीमा
_wUghhmgwGM_ebztcp3fdfdmwwne7v0xalvijr7dflqvpugn26x6dzgzag72a3v3uxdw5hm0_lQOV64jb9X_c98uc0zccdvmotg4i800icclrplnn9sr7ery5q2fkcnowgl8ojtosexmcp5h.jpg)
तरकारी र फलफूलको आजको मूल्य यस्तो
_I5PosZHjPT_i24prvdzpscnop4udebf98w38o4370cqnhs9gcvz3coirvvyp1g8eloal6wz_LHwx1tLfgQ_x8snzi0rmxjjjokfiyxapyq8kdfuntag83gqoullvmpjpn7ymlhvyrmggthe.jpg)
सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

दूधमा अनुदान दिएपछि उत्पादनमा वृिद्ध

जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी

प्रतिक्रिया