मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/yarsa-gumba_wVc1KhT1YF_z8ma0idinm52ptz8ixrp9s4odn419uvbone2nyrxqgijep1alobnzekk3an5_0eOc5pWG6F_7d7vanxeuf15hplzcywk4jkasrpn9s4fz7amklb6ucvr0aqlmnrkphl4z3kb.jpg)
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका .छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो । शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढालाई पनि स्वास्थ्य चौकीबाट गमगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका जीवन बुढाको उपचार जारी छ । गत वर्ष पनि यार्सागुम्बा टिप्न गएका चार जनाको मृत्यु भएको थियो । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सागुम्बा संकलन हुने गरेको छ ।
प्रतिक्रिया