बुटवलको ऐतिहासिक जितगढी किल्ला ओझेलमा

बुटवलको ऐतिहासिक जितगढी किल्ला ओझेलमा परेको छ । नेपाल अग्रेज युद्धमा नेपालीले जित हासिल गरेको बुटवल उपमहानगरपालिका एकस्थित किल्लामा पुरातत्व विभागको ध्यान पुग्न नसकेको हो । किल्लाको संरचना र प्रचार हुन नसक्दा नगन्य मात्रै पर्यटक यहाँ पुग्ने गरेका छन । 
किल्लामा दैनिक  ४०  देखि  ५० जना आन्तरिक पर्यटक घुम्नका लागि पुग्ने गरेका छन । ऐतिहासिकता नमेटिने गरी संरक्षण अघि बढाउनुपर्ने सुझाव संरक्षण समिति र स्थानीयको छ । 
पछिल्लो समय सिमेन्ट  र फलामवाट बनेका संरचनाले यहाँको ऐतिहासिकतालाई समेत ओझेलमा पारेको छ ।किल्लामा आधुनिक हतियार सहित आएको अंग्रेज फौज कणेल उजिरसिंह  थापाको  नेतृत्वको  सेनासँग पराजित भएको ईतिहास रहेको छ । 
 

प्रतिक्रिया