अर्गलीमा बजारका अधिकाशं होटल पसलमा म्यान नाघेका सामाग्री बिक्री वितरण

तानसेनको अर्गलीमा बजारमा अधिकाशं किराना तथा होटल पसलमा म्यान नाघेका सामाग्री बिक्री हुने गरेको पाइएको छ । बजारमा बिक्रीका लागि राखिएका विस्कुट  चकलेट कुरकुरे चाउचाउ मिट मसला तेल आटा मैदा सुजी  पेय पदार्थ मिति सकिएको फेला परेका हुन । त्यस्तै टमाटो सस चिल्ली सस जस्ता तयारी सरसमान उपभोग मिति सकिएका भेटिएका छन । अनुगमनको क्रममा पसलहरु दर्ता नभएको, मुल्य सूची नराखी मनपरी दर रेटमा सरसमान विक्रि हुदै आएको,  लामो समय सम्म नविकरण नभएको, गुणस्तरहीन बस्तुहरु विक्रि गर्दै आएको भेटिएपछि सचेत गराइएको छ । 
अर्गलीमा अनुगमन नियमित नहुदा बजार भाउँ बृद्धि भएको, उपभोग्य मिति सकिएका सरसमान विक्रि भएको, अवैध रुपमा पसलहरु संचालन भएको जनगुनासो बढेपछि सरोकारवालाले अनुगमन गरेका हुन । सो क्रममा खाद्यान्ह तथा  पसल, होटल एक दर्जन पसलमा पुगेर टोलीले जानकारी लिएको थियो । अनुगमनपछि टोलीले पसलमा दैनिक रुपमा मुल्य सूचि राख्न, उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरिद गर्न सचेत गराएको छ । व्यापारिक पसल संचालन गर्दा अनिवार्य रुपमा दर्ता गरेर मात्र  संचालन गर्नुपर्ने जस्ता कुराहरु  सुझाव टोलीले दिएको छ । 
 

प्रतिक्रिया