शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन । आज काठमाडौंमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गद संक्रमणकालीन न्यायको कार्यभार छिटो पूरा गर्नुपर्ने बताएका हुन । उपप्रधानमन्त्री श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई बिस्तारित गर्नुपर्ने आवश्यकता रहेको बताए । विकास र समृद्धिको प्रक्रियालाई तिब्र बनाउनुपर्ने बेला भएको उनको भनाइ छ ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आज एशिया केन्द्रित भएर बदलिएको विश्व परिस्थिति र नेपालको भूराजनीतिक अवस्थितिको कारणले देखापरेको भूराजनीतिक संवेदनशीलताका चुनौतिहरुको बीचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानताको रक्षा गर्नु सहज नरहेकोपनि स्पष्ट पारे । चुनौति र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको उनको भनाइ छ । 
 

प्रतिक्रिया