मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताएका छन् । मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अबसरमा आयोजित कार्यक्रममा उनले संघ सरकारले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची—हेलम्बु क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन नगरेकोप्रति भने उनले आपत्ति जनाए ।  प्रमुख तामाङले मेलम्चीको दिगो व्यवस्थापन स्थानीय सरकार एक्लैले गर्न नसक्ने भन्दै संघ र प्रदेश सरकारले बजेटमा समेट्न आवश्यक रहेकोमा जोड दिए । 
विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले बाह्रै महिना काठमाडौंको नागरिकलाई पानीको व्यवस्था भएको खण्डमा त्यसबापतको रोयल्टी मेलम्चीका नागरिकहरुले पाउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिइन् ।  
मेलम्ची नगरपालिकाकी पूर्वमेयर भगवती नेपालले पहिचान गरेको २४४ घरधुरी लाभग्राहीहरुलाई घर बनाउन कार्यविधि परिवर्तन गरेर अफ्ठ्यारो बनाइएको बताइन् । 
उनले सरकारले बनाएका सुकुम्वासी र प्रकृतिले बनाएका सुकुम्वासीलाई सुकुम्वासी बनउन नसकेसम्म बाढीले बनाएका सुकुम्वासीलाई जायज न्याय दिन नसकिने बताइन् । 

प्रतिक्रिया