मोदीले दिए पदबाट राजीनामा, तेस्रोपटक प्रधानमन्त्री बन्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/modi_PtBEfdUpgJ_lpqwbbkummicrpkxcmvbmp9wyqcbtcozzvquqt33vpplikw9p1f9t48getyd_NonDcbaugU_pnfxhbeq7mwdw4ff3rzpmni7nu2it6qzfjdfb6dqgbhndeoj0dhclg7ldw98_wvaK9MOovh_x5xeccwyu8aslcjrqmgbgsxsoxdmh7uke0plqjro1vb0is1k2sboly0gy4ua.jpg)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनसँगै आफु नेतृत्वको मन्त्रिमण्डलले १७ औँ लोकसभा भंग गर्ने सिफारिस राष्ट्रपतिकहाँ गरेपछि उनले राजीनामा दिएका हुन । राष्ट्रपति भवनका अनुसार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवादसँगै राजीनामा पत्र पनि बुझाएका हुन् । प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो राजीनामा पनि बुझाए । राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री तथा केन्द्रीय मन्त्रिपरिषद्रुबाट नयाँ सरकार नबनुन्जेल पदमै रहन अनुरोध गरिन् । मंगलबार सार्वजनिक लोकसभाका ५ सय ४३ सिटकै नतिजाअनुसार मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने अवस्थामा पुगेका छन् । भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् लोकसभामा बहुमतमा छ । भारतीय जनता पार्टीका उम्मेदवारले २४० लोकसभा सिट जिते । तर यस पटकको चुनावमा भाजपा एक्लैले बहुमत ल्याउन भने सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० मै समेटिएको हो । नयाँ सरकार गठनका लागि गठबन्धनका अन्य दलसँग सहयोग माग्नुपर्ने भएको छ । यसअघि भाजापा एक्लैले सन् २०१९ मा ३०३ र २०१४ मा २८२ सिट जितेको थियो ।
काश्मिरमा सुरक्षाकर्मी र सन्दिग्ध आतंकवादी समूहबीच गोली हानाहान, सैनिकसहित ८ …
रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि उत्तर कोरियामा
दार्जिलिङमा रेल र मालबहाक गाडी ठक्कर खाँदा ५ जनाको मृत्यु
![इजरायलद्वारा रफाहमा दर्जनौं घर जलाएर ध्वस्त, कम्तिमा अठ्ठाईस प्यालेस्टिनीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Smoke-rises-from-buildings-following-Israeli-strikes-on-Rafah_NSPfINNUGr_xr7hop7fqeodps69wpsu4ccjxaocomykjauwrj2teqmmimvjb5lyv5v6j0z9_6WYOVnD5eI_xtt5l8dx3sjrmbtx6w5jnskhvqparc1en1ibzsc8pbe1oh21nxeojmjki7ra.png)
इजरायलद्वारा रफाहमा दर्जनौं घर जलाएर ध्वस्त, कम्तिमा अठ्ठाईस प्यालेस्टिनीको मृत्यु
![ट्रम्प ३४ अपराधमा दोषी ठहर, राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Donald-Trump-_UtwbGjOpFR_1gncjbg2vx0wsym7xbhozfajskzwszeb7hnw4afinvgddj60c7o6nmdjufpd_hHu8IpvhPI_osnkaaqkrvrejwxgv1syzcjdwjymz46jd5pimrfjam0j1p9w0fyviemm3v7g.jpg)
ट्रम्प ३४ अपराधमा दोषी ठहर, राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने
इजरायल हमाससँग छ साताका लागि युद्धविराम गर्न सहमत
अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँचबाहिर
![जापानको नोटो प्रान्तमा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_dsAE5Ep0QI_mxrnlxbchlolqocg9rrhzchoynaknuojui1fe7dbgzqesjsltlbgxvkpzabu_dO8Qyz4a1e_qyqshb0sslctrpyndxskypqqichjutflqzgfpskfmf8pctiv8tvuhdk1rpbr.jpg)
प्रतिक्रिया