प्रधानमन्त्री दाहाल भारत प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल, कानून मन्त्री पदम गिरीसहित नेपाली टोली नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् । मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन् । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्री मोदीको शपथग्रहण कार्यक्रममा छिमेकी मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखलाई आमन्त्रण गरिएको थियो।

प्रतिक्रिया