कस्तुरी लगायतका वन्यजन्तु पालनको व्यावसायिक फर्म खोल्न दिइने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kasturi2_n9tDeltMtO_slxsubvgjtlkaxlepkf2can1kz322uykjl6hovqlxocxxmgualhpxy8e96w2_ko9Tnvov6K_xl7xtq6duj1helmw45lqmikaomtoulkgvxcgkehrifxahwzfx4fflnypid9k.jpg)
सरकारले पाँच जिल्लाका हिमाली भागमा कस्तुरी लगायतका वन्यजन्तु पालनको व्यावसायिक उत्पादनको लागि फर्म खोल्न दिने भएको छ। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
निजी क्षेत्र र स्थानीय तहको सहभागितामा म्याग्दी, मुस्ताङ, मनाङ, गोर्खा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फर्म स्थापना गर्ने उद्देश्य राखिएको हो।
प्रतिक्रिया