बीएण्डसी कलेजलाई सम्बन्धन दिने सर्वोच्चको फैसलामा पुनरावलोकन गर्न डाक्टर केसीको माग

चिकित्सा शिक्षा सुधारक अभियन्ता डा गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गरेको फैसलामा त्रुटी भएको भन्दै पुनरावलोकन प्रक्रियामा लैजान माग गरेका छन् । आज एक विज्ञप्ति निकालेर डा केसीले चिकित्सा शिक्षा ऐन तथा नियमावलीको ठाडो उल्लंघन गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासबाट आएको फैसलाले आयोगको अस्तित्वमाथि थप प्रहार गरेको भन्दै पुनरावलोकनमा लैजान चिकित्सा शिक्षा आयोगसँग माग गरेका हुन । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट हुनुपर्ने फैसला दुई सदस्यीय इजलासबाट फैसला हुनु, महिनौंसम्म संक्षिप्त आदेशसमेत नदिनु, फैसलाको मुल आदेश विरोधाभासपूर्ण हुनु, अदालतमा दुवै पक्षबाट प्रस्तुत दलिलहरूमध्ये निवेदकको तर्फबाट प्रस्तुत दलिलहरूलाई जस्ताको तस्तै स्वीकारिनु तर विपक्षबाट प्रस्तुत महत्वपुर्ण दलिलहरू फैसलामा राख्दै नराख्नुले फैसलामा गम्भीर न्यायिक विचलन भएको उनको आरोप छ । आयोगलाई नेता र माफियाहरूका स्वार्थपूर्ति गर्ने थलोको रूपमा विकसित गर्ने क्रममा राजनीतिक दलका शिर्षस्थ नेता, कार्य कर्ता र केही न्यायाधीश देखि लिएर विभिन्न तत्व अहिले बढी सक्रिय हुँदा चिकित्सा शिक्षा आयोगको अस्तित्व नै धरापमा परेको पनि केसील ेबताएका छन । डा केसीले त्रुटिपुर्ण फैसला गर्ने न्यायाधीशलाई संसदीय प्रक्रियाबाट जवाफदेही बनाउन न्याय परिषद्को समेत ध्यानाकर्षण गराएका छन । आफ्ना मागहरू पूरा नभए असार १४ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी केसीको छ ।। 

प्रतिक्रिया