प्रशासकीय अधिकृत नहुँदा धरान उपमहानगरमा भुक्तानी रोकियो

धरान उपमहानगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । प्रशासकीय अधिकृत नहुँदा धरान उपमहानगरकामा विकास निर्माण तथा शिक्षक, कर्मचारीको करोडौं रूपैयाँ भुक्तानी समेत भएको छैन् । उपमहानगरले दैनिक ज्यालादारी कर्मचारीदेखि आयोजनाको भुक्तानी रोकेको छ । उपमहानगरको चेकमा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले हस्ताक्षर गर्नुपर्छ । तर वडाअध्यक्ष तथा कार्यपालिकाका सदस्यहरुले प्रमुख राईले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को खिलापमा सबै अधिकार आफैले प्रयोग गर्न खोजेको आरोप लगाएका छन् । त्यसैले नियुक्त भएर आएका प्रशासकीय अधिकृत धरान नआउने र आए पनि लामो समय टिक्न सकेका छैनन् । 
प्रशासकीय अधिकृत धरान उपमहानगरपालिकामा लामो समयसम्म नबस्नुमा  वडाध्यक्ष, कार्यपालिका सदस्यमात्र हैन उपमेयर आइन्द्रविक्रमले समेत मेयरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत काम गरेको आरोप लगाएका छन् । 
प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको समयमा प्रज्ञा निरौलाई निमित्त बनाइए पनि प्रमुख राईकै हस्तक्षैपका कारण लेखा महाशाखामा करिब ५ करोड रूपैयाँ भुक्तानी रोकिएको छ । शिक्षकको तलब पनि २ करोड ७५ लाख रूपैयाँ रोकिएको छ ।

प्रतिक्रिया