कानुनी जटिलताले समयमै मृगौला प्रत्यारोपण गर्न नपाएको पीडितहरुको गुनासो

प्रत्यारोपणसम्बन्धी कानुनको जटिलताका कारण समयमै मृगौला प्रत्यारोपण गर्न नपाएको गुनासो पीडितहरुले गरेका छन । प्रत्यारोपण सम्बन्धी कानुनको व्यवधानका कारण धेरैले समयमै मृगौला प्रत्यरोपण गराउन  नपाउँदा ज्यान गुमाउनु परेको भन्दै कानुनी जटिलता हटाउन पीडितले माग गरेका हुन । परिवार बाहेक आफन्त तथा अन्यले मृगौला दिन चाहेमा विरामीले लिन नपाउने कानुनी अडचनले उपचारमा समस्या भएको मृगौला रोग पीडित धरान १४ का प्रेमप्रसाद पराजुलीको भनाइ छ । 
विजयपुर बुढासुब्बा मन्दिर अगाडि फूलमालाको व्यापार गर्दै आएका पराजुलीकी पत्नी विमला समेत दाता भेटिएपनि कानुनी अडचनले प्रत्यारोपण गर्न नसकेको बताउछन । 
सबैले बाच्न पाउने अधिकारको हनन नहुने गरी विद्यमान कानुनी प्रावधान संसोधन गरेर सहज रुपमा उपचार गराउन पाउनुपर्ने माग पीडितको छ । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानभित्र डाइलासिस गर्ने विरामीलाई टिनको छानामुनि राख्दा थप समस्या भएको छ । 

प्रतिक्रिया