जसपा नेपालको महाधिवेशन अन्र्तगत निर्वाचन प्रक्रिया सुरु, अध्यक्षमा यादव नै दोहरिने निश्चित

जनता समाजवादी पार्टी जसपा नेपालको जारी एकता महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीको भावी नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो । अधिवेशनको तेस्रो दिन आज बिहानैदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो । उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजे प्रकाशन गर्ने कार्यतालिका छ । अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन समितीले जनाएको छ । अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिन निश्चित छ । अन्य पदमा सर्वसम्मती नजुटे निर्वाचन हुने सम्भावना छ । महाधिवेशनले एकजना अध्यक्ष, एकजना सह–अध्यक्ष, पाँचजना उपाध्यक्ष, दुईजना महासचिव, तीनजना उप–महासचिव, सातजना सचिव र एकजना कोषाध्यक्ष र २ सय १ जना केन्द्रीय सदस्य तथा कार्यकारिणी सदस्य निर्वाचित गर्ने छ । सात सचिवमध्ये प्रादेशिक क्लस्टरका आधारमा व्यवस्था गरिएकोले सातै प्रदेशबाट एक÷एक जना गरी सातजना रहनेछ । करिव दुई हजार प्रतिनिधि महाधिवेशनमा सहभागी रहेका छन ।
 

प्रतिक्रिया